कपिलवस्तु पुस १३ गते । कपिलवस्तुमा सशस्त्र प्रहरी विन्ध्याबासिनी गणले कपिलवस्तुको चन्द्रौटामा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि सर्वसाधारणलाई मध्यनजर गर्दै सशस्त्रले आगो ताप्ने व्यवस्था गरेको हो । चन्द्रौटा र जर्लैया सेक्टर वन कार्यालयको सहयोगमा सशस्त्रले आगो ताप्ने व्यवस्था मिलाएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिनुभयो ।
विगत एक हप्तादेखि आगो ताप्ने व्यवस्था मिलाएको सशस्त्रले चिसो अवधिभर वनकार्यालयसँग समन्वय गरी निरन्तरता दिइने प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । यस्तै जर्लैया सेक्टर वनका प्रमुख अमरकान्त झा र चन्द्रौटा वन सेक्टरका प्रमुख रामहरि सेढाईले समेत चिसो अवधिभर दाउराको व्यवस्थाका लागि सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
चन्द्रौटाको मुख्य चोक बसस्टेशन नजिकै सशस्त्रले आगोको व्यवस्था गरेपछि बटुवा तथा बसका यात्रुले समेत हात सेकाउँदै न्यानो हुँदै जाने गरेका छन् । शीतलहरको बेला यसरी आगो ताप्न पाएपछि स्थानीयले राहतको महसुस गरेका छन् । तराईमा मंसिरको दोस्रो सातादेखि नै एक्कासी चिसो बढेपछि केटाकेटी, बुढापाकालाई निकै सास्ती भएको छ ।