तालिवानी आक्रमण, सयभन्दा बढीको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १, २०७१

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको पेशावरस्थित एक सैनिक विद्यालयमा तालिवानले गरेको आक्रमणमा एकसय २६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ८० जनाभन्दा बढी बालबालिका रहेको बिबिसीले जनाएको छ । कर्मचारी तथा विद्यार्थी गरी ४० भन्दा बढी घाइते भएको जनाइएको छ । ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा हतियारधारीहरुको एक समूह प्रवेश गरी विद्यालय भवनमा घेरा हालेर आक्रमण गरेको जनाइएको छ ।