अस्ट्रेलियाको क्याफे बन्दुकधारीको नियन्त्रणमा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २९, २०७१

एजेन्सी मंसिर २९ । बन्दुकधारीले अस्ट्रेलियाको सिड्नी सहरको एक क्याफेलाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँका ग्राहकलाई बन्धक बनाएका छन् । मर्टिन प्लेसको लिंट क्याफेमा बन्दुकधारी प्रवेश गरेको समाचार एजेन्सीहरुले जनाएको छ । बन्धक बनेका ग्राहकलाई सकुशल मुक्त गराउन स्थानीय प्रहरीले क्याफे क्षेत्रलाई घेराबन्दी गर्नुका साथै त्यस क्षेत्रको घरहरु खाली गराएको छ । क्याफेमा कतिजना ग्राहक रहेको बारे स्पष्ट भइसकेको छैन । क्याफे अगाडि कार्यालय रहेको चैनले ७ का पत्रकार ग्लेन कोनले क्याफे भित्र रहेका व्यक्तिहरु आफ्नो इच्छाको विपरीत गतिविधि गर्नुपरेको देखिएको बताउनुभयो । उहाँले सुरुमा लुुटपाटको आशंका गरिएपनि पछि त्यहाँ कालो झंडा देखाइएपछि अन्य मनशायले क्याफेलाई नियन्त्रणमा लिइएको हुनसक्ने आशंका बढेको बीबीसीलाई बताएका छन् । प्रधानमन्त्री टोनी एबटले घटना चिन्ताजनक भएको भन्दै सुरक्षा निकाय सक्रिय भएकाले छिट्टै समस्या हल हुने बताउनुभयो ।