धर्म परिवर्तन गराउन ५ महिना बन्धक

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवतीलाई धर्म परिवर्तन गराउन कैलागि ५ महिनासम्म बन्धकबनाएको छ । उनलाई धर्म परिवर्तन गराउन अनेक हत्कण्डा मध्य बलात्कारलाई पनि एउटा हतियार बनाई पटक पटक बलत्कार गरिएको घटना सार्वजनिक भएको छ ।
भागेर घर पुगेपछि आरोपीले पटक पटक फोनमा धम्की दिएपछि तीन महिनासम्म मौन बसेकी उनले आजित भएर प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरीले घटनाको छानविन र कारबाही गर्ने आश्वासन दिएको छ ।

आर्थिक अवस्था कमजोर रहेकी ती युवतीलाई ८ महिना पहिले गाउँकै एक शिक्षकले युवकसँग कुरा गरी कुनै फ्याक्ट्रीमा काम लगाइदिने र राम्रो तलब दिने आश्वासन दिएर आगरा पुर्‍याएका थिए । तर ती युवतीलाई आगरामा राखेर जबरजस्ती बलात्कार गरेर धर्म परिवर्तन गराइएको खुलेको हो ।