काभ्रे, कात्तिक २७ अभिनेत्री ऋचा शर्मा एक्कासी माओवादी क्याम्पमा देखिइन्। ुकमरेड नर्स बस्ने सपना थियो। गाउँमै बसेर सबैको सेवा गर्ने सोच थियो। छाड अब सबैकुरा,ु उनी आफ्नी सहकर्मी अभिनेत्री सिर्जना सुब्बालाई भनिरहेकी थिइन्। ुगुड गुड, एकदम राम्रो, फेरि गरौं,ु पछाडिबाट निर्देशक छिरिङरितार शेर्पाले निर्देशन दिए।
काभ्रेको खोपासीस्थित ुउमाु फिल्मको सुटिङको दौरान आइतबार कलाकारहरु आ(आफ्ना भूमिकाका लागि व्यस्त देखिए। २५ दिने फिल्मको सुटिङ गत कात्तिक १६ देखि सुरु भएको हो। फिल्मको ५० प्रतिशत सुटिङ सकिसकेको छ। ुयसपटक हामीले सुटिङमा सौर्य उर्जाको प्रयोग थालेका छौं। यसले सुटिङको बजेट पनि कम गरेको छ,ु निर्देशक छिरिङरितारले भने। जनयुद्धमा होमिएकी युवतीको कथामाथि बनेको फिल्म भएकोले कलाकारहरुलाई बन्दसत्रमा राखेर काम गराइएको छ। ुबन्द सत्रमा राख्दा फिल्ममा मात्र ध्यान हुने रहेछ। केही सटहरु सिध्याएपछि काठमाडौंमा सुटिङ गर्नेछौं,ु उनले भने।
यसअघि ुमुकुन्डोु र ुकर्माु निर्देशन गरिसकेका उनले आगामी फागुनसम्ममा फिल्म रिलिज गर्ने बताए। जनयुद्धको बेला ग्रामीण परिवेशका कतिपय युवाहरुलाई बाध्यतामा पारेर माओवादी बनाइएको कथा पनि फिल्ममा छ।
ुजनयुद्धको बेला एक साधारण युवतीले माओवादीमा प्रवेश गर्दाको घटनामाथि फिल्म बनाउन लागिएको हो। पुलिस र माओवादी दाजुबाहिनीको परिभेषमा कथा प्रभावित छ। मेरो लागि यो राम्रो अवसर हो,ु लेखक तथा सहायक निर्देशक छिरिङ छोदेनले भनिन्। उनका अनुसार यथार्थता झल्काउन स्थानीय वासिन्दालाई पनि फिल्ममा खेलाइएको छ। उनीहरुलाई आफ्नै शैलीमा संवाद बोल्न दिइएको छ।
सुटिङस्थलमा देखिएका अभिनेता दयाहाङ राई आफ्नो छोरालाई सम्झँदै थिए। ुसुटिङ सिध्याउना साथ छोरा भेट्न घर गइहाल्ने थिएँ,ु उनले हतारो देखाए। फिल्ममा उनले एक माओवादी छापामारको भूमिका पाएका छन्।
अभिनेत्री सिर्जना सुब्बाले सुटिङको बेला निर्देशकसँग काम सिक्न पाएको अनुभव सुनाइन्। ुउहाँसँग काम गर्दा सिक्न पाइन्छ। अभिनय र टेक्निकल कुराहरुको बारे बुझ्न सकिन्छ,ु उनले भनिन्। स्थानीय १४ वर्षीया काली तामाङ सुटिङ हेर्न आएकै भरमा फिल्म खेल्न पाएकोमा दंग थिइन्। ुसाथीहरुसँग सुटिङ हेर्न आएकी थिएँ। हिरोहिरोइनलाई हेर्न आएको आफैंले फिल्म खेलियो,ु उनले खुसी व्यक्त गरिन्। ुदाइहरुले सिकाएको जस्तो अभिनय गरिन्छ जस्तो लाग्थ्यो। संवाद बोल्दाचाहिँ सातो जाने रहेछ,ु उनले भनिन्।
प्रायःअभिनय सिकेका कलाकारहरु ुउमाु फिल्ममा छन्। ुसबै मानिस सबै कुरामा निपुण हुँदैनन्। अभिनय पनि सिक्नुपर्छ भन्ने कुरा बिस्तारै फिल्म क्षेत्रले महसुस गरिरहेको छ,ु रंगकर्मी कलाकार सुरेश चन्दले भने। बिहान सातदेखि अबेरसम्म सुटिङ हुने जानकारी युनिटले गरायो।
ुसट र एङ्गलमा धेरै काम सिक्न र देखाउन पाइरहेको छु। आफूले जानेका र अर्काले बुझेका काम बाँडेर विभिन्न दृश्य खिच्दा रमाइलो हुने रहेछ,ु क्यामेराम्यान पुरुषोत्तम प्रधानले भने। यस फिल्मलाई क्यानन फाइभ डी क्यामेराले खिचिएको छ। फिल्ममा सौगात मल्ल, मिथिला शर्मा, पुष्कर गुरुङ, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, अशोक शर्मा, तुलसी घिमिरे, उज्ज्वल घिमिरे र प्रवीण खतिवडा लगायतले पनि अभिनय गरिरहेका छन्।