श्रीमानको दुबै मृगौला फेल, श्रीमती ब्लड क्यान्सर बिचल्लिमा ३ छोरा

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

कवि थापामगर/सरगम रानामगर
धादिङ जेष्ठ ३१ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं १२ का ३४ वर्षिय तेज बहादुर गिदेलमगरको दुवै मृगौला फेल भएको छ । उनलाई ६० वर्षिय आमाले मृगोला दिने बताएपनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण हुन सकिरहेको छैन ।

काठमाडौं बनस्थली किड्नी सेन्टरमा उपचारत मगर करिब साँढे २ वर्ष देखि मृगौला रोगले ग्रसित छन् । उपचार खर्च जुटाउन नसक्दा स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएका मगर सरकारले निशुल्क उपचार गर्ने भनेपनि सहयोग नपाएको गुनासो गरे । उनको श्रीमती व्लड क्यान्सर पिडीत छिन् ।

उनको ३ छोरा छन् । जेठो छोरा १२ वर्षिय अनिल गिदेल मगर ७ कक्षामा, माईलो अमृत गिदेल मगर ७ वर्षिय २ कक्षामा अध्ययन गदैछन् भने कान्छा छोरा अनिश गिदेल मगर ४ वर्षका छन् ।

विरामी तेजबहादुर गिदेल मगरको आवाज सहितको एक रिर्पोट

मगर विरामी हुनु अगाडि दुवईमा काम गर्दै आएका मगरलाई दुवै मृगौला फेल भएपछि कम्पनीले नेपाल पठाएको थियो । मगरको आमाले उपचार गर्नको लागि अर्थिक समस्या भएकाले सानिमा बैङ्क को खाता नं ००४-०००-१०९८५१२ मा सकेको रकम सहयोग गर्नुहुन अनुरोध गर्नुभएको छ । हाल उहाँको उपचारको लागि मासिक २० हजार खर्च भईरहेको छ ।

आमा बुवा दुबै विरामी परेपछि स्कुल पढ्दै गरेको छोराहरुको पढाइमा प्रभाव परेको छ आर्थिक अभावको चपेटामा परेको यस परिवार उपचारको लागि सहयोग र छोराहरुको पढाईलाई सहयोग गर्ने दाताहरुको पर्खाइमा छन् ।