धादिङबेसीमा खानेपानीको अभाव, सर्वपक्षिय वैठक, नयाँ मुलबाट पानी ल्याईने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

धादिङबेसी चैत्र ४ गते । धादिङबेसी सदरमुकाममा देखिएको खानेपानीको अभाव कम गर्न नयाँ मुलबाट पानी ल्याईने भएको छ ।
धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको आयोजनामा नीलकण्ठ २ सातमुलेबाट ल्याएको पानीले नपुगेपछि थप खानेपानी आपूर्तिको लागि आज भएको सर्वपक्षिय छलफलले नयाँ मुलबाट पानी ल्याउने निर्णय गरेको हो ।
अहिले सदरमुकाम धादिङबेसीमा खानेपानी ५० प्रतिशद माग पनि पुरा गर्न नसकिएको स्वीकार्दै मुल उपभोक्ता समिति हरिबहादुर श्रेष्ठले नीलकण्ठ नगरपालिका २ स्थित केराबारीमा रहेको नयाँ मुलबाट पानी ल्याउन सकिने बताउनु भएको थियो ।
स्थानिय बलबहादुर आले मगरले भने हामी केराबारी बासीले त्यति कै मुलबाट पानी ल्याउन नदिने बताउँदै त्यो पानीले रोपीदै आएको करीब ३५ रोपनी जग्गा ५ लाख रोपनीको दरले किन्नु पर्ने बताउनु भएको थियो ।
त्यस्तै अर्का स्थानियबासी ज्ञानबहादुर आलेमगरले पानी नदिने भनेको हैन तर केराबारी गाउँको स्तर उन्नतीका लागि खेलकुद मैदान, सडक निर्माण, खेलको मुअब्जा र विद्युतीकरणका माग पुरा हुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी, एमाले धादिङका अध्यक्ष भुमि कडेल र एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुहानका स्थाानियबासीको भवनालाई ठेस नपुग्ने गरी पानी सदरमुकाम ल्याईने तर जग्गा खरिद नै गर्ने कुरा गर्न नसकिने बताउनु भएको थियो ।

सहमति गर्न समिति गठन

मुहानमा रहेका स्थानिय केराबारीबासीको भावना र धादिङबेसीमा खानेपानी वितरण गरि रहेको धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति बीच समन्वय गर्ने र लागत अनुमानित खर्च पेस गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

को-को छन् कार्यदलमा

संयोजक- डिभिजन खानेपानी कार्यालय प्रमुख
सदस्यहरु
मोही पक्ष केराबारीबाट- ३ जना
धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिबाट- ३
जिल्ला विकास समिति धादिङबाट- १ प्राविधिक
नीलकण्ठ नगरपालीकाबाट- १ प्राविधिक

कार्यक्रममा धादिङबेसी खानेपानी सुधार गर्न सरकारले यो आर्थिक वर्षकोलागि दिएको ४० लाख रुपैया फ्रिजहुन नदिन दुवै पक्ष सकारात्कम भएकोले १५ दिन भित्र रिपोट पेस गर्न प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले कार्यदललाई निर्देशन दिनुभएको थियो ।