धादिङबेसीमा पानी चोरी कि ! बाध्यता, दोषी को ?

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २२, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालीका अन्तरगत पुछारबजार क्षेत्रमा खानेपानीको अभाव भएपछि स्थानीयहरुले मुल पाईप निकालेर पानी प्रयोग गर्दे आईरहेका छन् ।
महिनौसम्म पानी प्रयोग गर्न नपाएपछि स्थानीयहरुले मुल पाईप निकालेर पानी प्रयोग गर्दै आएको बताएका छन् । घरको धारामा पानी नआएपछि घर अगाडीको मेन लाईनबाट सिधै पानी उपभोग गर्नुपरेको स्थानीयहरुले बताउँदै आएका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता समिति धादिङले पानीको सेवा दिनुको साटो उल्टो शुल्कमात्रै बढाउने गरेको एकाथरी उपभोक्ताको गुनासो छ भने अर्काथरी उपभोक्ताहरु मिटरबक्स सम्म पानी नलगी बिचमै पाईप लगाई चोरी गरिरहेका छन् ।
एकाथरि उपभोक्ताले महंगो पैसा तिर्नुपर्ने अर्काथरीले महिनौ देखि पानी चोरर खाई रहँदा पनि खानेपानी उपभोक्ता समिति कानमा तेल हालेर बसेको छ । घर भित्र पानी नआएकाहरुलाई समितिकै प्रतिनिधिहरुले मेन लाईनबाट पानी निकाल्न भनेपछि आफूहरुले पानी निकालेको स्थानीयहरुले बताउँदै आएका छन् ।
तर खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठले पुछारबजारको १ घरलाई पानि निकाल्न दिएको तर अरुहरुलाई मेन लाईबाटै पानी तान्न नदिएको बताउनु भयो ।
समितिका सदस्यहरुमा नै पानीबारबारको स्थिति
संसदिय निर्वाचनको झल्को दिने गरी राजनीतिक पार्टीहरुको मिलेमतोमा निर्वाचन सम्पन्न भएको १७ महिना वितेको कुरा समितिका सदस्यहरुले विर्सिसकेका छन् ।
लाखौं रुपैयाँ खर्च गरेर व्यापक प्रचार–प्रसारविच सम्पनन गरेको खानेपानीको चुनाव सम्पन्न गर्दा चुनाव जितेकाहरुले सबैलाई खानेपानी र सरसफाईको राम्रो प्रवन्ध भएको प्रत्याभूती दिलानउने बाचा गरेका थिए । चुनावमा जिल्लामा क्रियाशील तीन राजनीतिक दलका जिल्ला स्तरका नेतासम्मका सदस्यले प्रतिस्पर्धा गरेका थिए ।
मुलुकका शक्तिशाली दल बनेका काँग्रेस सहित एकीकृत माओवादीको प्यानलले निर्वाचन जितेको भए पनि आज सम्म धादिङबेसीमा खानेपानीको समस्या समाधान भएको छैन । पछिल्लो समय खानेपानी उपभोक्ता समितिकै पदाधिकारी तथा सदस्यहरुमा मनमुटाव बढेपछि समस्या समाधान हुन नसकेको समिति निकट स्रोतले बताएको छ ।
खानेपानी उपभोक्ता समितिमा आफ्नालाई काखा र अरुलाई पाखा गर्ने प्रवृत्ति हावी हुँदै गएपछि केहि समयदेखी सदस्यहरु विचमै राम्रो बोलचाल नै बन्द भएको नभएको बताइएको छ । जहाँ पानीको समस्या समाधान गर्नुपर्ने हो पदाधिकारीकै सदस्यहरु भागेर हिड्छन् कसले समस्या सुझाउने ? – समिति निकट एक स्रोतले भन्यो ।
संसदीय निर्वाचनका लागि प्रयोग भएको मतपेटिका, मतपत्रमा छाप लगाउन स्वस्तिक चिन्हको प्रयोग, मतदान केन्द्रमा सशस्त्र प्रहरीको सुरक्षा, लाइनमा उभिएका मतदाता यी सबै दृष्य देख्दा स्थानीय निर्वाचनको झ–झल्को आइरहेको थियो ।