अनलाईन खुल्ला लोक दोहोरी प्रतियोगितामा आकृति श्रेष्ठ प्रथम

Avatar photo
Dhadingpost
भदौ ७, २०७३

धादिङबेसी भाद्र ७ । आँखु धादिङ अनलाईन रोधिघरद्वरा आयोजित दोस्रो खुल्ला लोक दोहोरी गित प्रतियोगितामा आकृति श्रेष्ठ प्रथम हुनु भएको छ ।

अहिले लोक प्रिय हुँदे गएको संचार माध्यम अनलाईनलाई आत्मसाथ गरि प्रयोग गरिएको अनलाईन लोक लोहोरी प्रतियोगितामा श्रेष्ठ प्रथम हुनुभएको हो ।

२०७३ भाद्र २ देखी सुरु भएको कार्यक्रम २०७३ भाद्र ६गते सोमवार आँखु धादिगं अनलाईन रोधिघरको मेसेन्जरको ईन्बक्समा सम्पन्न भएको थियो ।

त्यसै गरी अनलाईन रोधिघर (कुमार पन्त)दितिय भएका थिए । अनलाईन रोधिघर कै (हेन्सिराम) तृतीय भएका थिए भनेआँखु धादिगं अनलाईन रोधिघर (श्याम बुर्लाकोटी, पुजा दनाई) र अनलाईन रोधिघर (सुनिता सेन) सान्तोना पुरस्कार प्राप्त गरेका थिए । कुल १२ रोधिघर बाट ३६ जना कलाकार कार्यक्रममा उपस्थित थिए ।

आँखु धादिगं अनलाईन रोधिघर द्वरा आयोजित दोस्रो खुल्ला लोक दोहोरी कार्यक्रमको प्रमुख अतिथि आँखु धादिगं अनलाईन रोधिघरको अध्यक्ष सुर्य इटनी हुँनु हुँन्थ्यो उहांले यस कार्यक्रम अनलाईन बाट भएको हुँदा कला र गला हुँदा-हुँदै पनि धेरै सहभागी कलाकार सर्जकले आफ्नो प्रतिभा देखाउन नसकेको कुरा उल्लेख गर्दै यस्तो समस्या हाम्रो दुर्भाग्य भएको हुनाले असफल हुनु भएको कलाकारलाई आफ्नो कलाकारीता क्षेत्रलाई अगाडी बढाउन आग्रह गर्दै पुरस्कृत कलाकारलाई बधाई तथा शुभ कामना दिनु भएको थियो।