नैनसिंह महर नेविसंघको सभापतिमा विजयी

Avatar photo
Dhadingpost
भदौ २, २०७३

धादिङ भदौ २
timthumb
नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्।
प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन।निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ।