फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु (फोटो फिचर सहित)

Avatar photo
Dhadingpost
साउन २४, २०७३

धादिङ साउन २४

08082016040855Ranjan-limbu-with-crashed-chopper-1000x0

गोरखाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ran

गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।

1

नुवोकाटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले भने, ‘सात जनाको मृत्यु भएको छ । लाशहरु टुक्रा-टुक्रा छन् ।’
हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

2

दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।

4

घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउँदै गरेको नुवाकोटका एसपी देवबहादुर बोहोराले जानकारी दिए ।घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम विदुरको मध्य भागमा पर्दछ । पैंतिस किलोबाट कुमरी गाविस जाने सडक पटि्टको जंगलमा हेलिकोप्टर जलेको देखेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

5 6