कक्षा १२ को नतिजा साउनभित्रै सार्वजनीक गर्ने तयारी

Avatar photo
Dhadingpost
साउन २३, २०७३

धादिङ साउन २३
57a6ebd2f010a
उच्च माध्यमिक शिक्षा परीषद्‌बाट राष्ट्रिय परीक्षा बोर्डमा परीवर्तन भएसगैँ राष्ट्रिय परीक्षा बोर्डले २०७३ सालको कक्षा १२ को नतीजा गत वर्ष हरु भन्दा छिटै निकाल्ने तयारी गरेको छ।
‘विज्ञान संकायको नतिजा यही साउनको अन्तिममा तथा अन्य संकायको भदौ १५ भित्रै नतिजा सार्वजनीक गर्ने तयारी भइरहेको छ, कुनै प्राविधिक समस्या नभएमा नतिजा भनेकै समयमा सार्वजनीक हुन्छ,’ राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले भने। एस.एल.सी. को नतीजा ग्रेडिङ प्रणलीबाट सार्वजनीक भए पनि कक्षा १२ को नतिजा भने गत वर्षहरूझैँ नम्बर प्रणालीबाटै हुनेछ।