धादिङमा नेकपाले मंसिर १ गते पाँच पालिकाबाट एकसाथ जनजागरण अभियान उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८३

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङले मंसिर १ गते जिल्लाका पाँच पालिकाबाट एकसाथ राष्ट्रिय जनजागरण अभियान उद्घाटन गर्ने भएको छ ।

जिल्ला सहसंयोजक दीपक लामिछाने (सुबोध) का अनुसार धादिङ क्षेत्र नम्बर १ अन्तर्गत धुनीबेसी र थाक्रे, गजुरी गाउँपालिकाको वडा नम्बर १ स्थित स्रोत भवन, बेनीघाट रोराङ गाउँपालिकाको पशुपति डाँडा तथा सिद्धलेक गाउँपालिकाको बुङ्चुङबाट अभियान उद्घाटन गरिनेछ ।

आज धादिङबेसीमा बसेको नेपाली कम्युनिष्ट पार्टी धादिङको जिल्ला कार्यालय बैठकले अभियानका क्रममा सबै नेता आ–आफ्नो पालिकामा केन्द्रित भएर सहभागी हुने गरी कार्यक्रम तय गरेको लामिछानेले जानकारी दिए ।

नेकपाले जिल्लाका विभिन्न पालिकाबाट एकसाथ अभियान उद्घाटन गरी राष्ट्रिय जनजागरण अभियानलाई अघि बढाउने तयारी गरेको छ ।