लगनशील युवा क्लबलाई फेरि अर्को उपलब्धि

Avatar photo
Dhadingpost
कार्तिक २५, २०८३

धादिङ । दशैँमा १३औँ अनकन्या कप ९ ए साइड फुटबल प्रतियोगिताको विजेता बन्दै नगद १ लाख ५० हजार रुपैयाँ जितेको लगनशील युवा क्लब ज्वालामुखीले तिहारमा पनि अर्को उपाधि जित्न सफल भएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नं. ३ को आयोजनामा दीपावलीको अवसरमा कोल बगैँचामा सम्पन्न प्रथम वडास्तरीय फुटबल प्रतियोगिता–२०८३ मा लगनशील युवा क्लबले एकता खेलकुद क्लबलाई पराजित गर्दै उपाधि चुमेको हो ।

फाइनल खेलमा लगनशील युवा क्लबले एकता खेलकुद क्लबलाई २–० गोल अन्तरले पराजित गरेको आयोजकले जनाएको छ । उपाधि जितेसँगै लगनशील युवा क्लबले नगद ७० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता एकता खेलकुद क्लबले नगद ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

लगातार प्रतियोगितामा सफलता हासिल गर्दै आएको क्लबको जितले खेलाडीहरूमा थप उत्साह पैदा भएको लगनशील युवा क्लबका अध्यक्ष आशिष छत्कुलीले बताए ।

दशैँ र तिहारमा लगातार उपाधि जित्न सफल लगनशील युवा क्लबको यस उपलब्धिले ज्वालामुखी क्षेत्रको फुटबल गतिविधिमा समेत उत्साह थपेको छ ।