
धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी विजयी भएका छन्। क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।
जिल्ला निर्वाचन समितिको कार्यालय, धादिङका अनुसार कुल १ हजार ६७९ मत गणना गरिएको थियो। सार्वजनिक परिणामअनुसार क्षेत्रीय सभापतिमा बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
क्षेत्रीय कार्यसमितिको सचिवमा सरोज पाण्डे ९५३ मतसहित निर्वाचित भएका छन्। त्यस्तै, सहसचिव खुलातर्फ नवीन कुमार श्रेष्ठ ७९३ मतसहित निर्वाचित भएका छन्।
क्षेत्रीय कार्यसमितिको सदस्य खुला (प्रदेश सभा २ ‘क’) तर्फ भीमबहादुर ढकाल ९८५ मत र सूर्यबहादुर कुमाल ७३३ मत प्राप्त गरी निर्वाचित भएका छन्।
यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कल्पना अधिकारी १ हजार ६३, यो माया तामाङ ७१८, रिता थापा मगर १ हजार १४७ र लक्ष्मी गिरी ६६६ मतसहित निर्वाचित भएका छन्।
खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रमेश प्रसाद धमलाले सर्वाधिक १ हजार २९७ मत प्राप्त गरेका छन्। यस पदमा भीम प्रसाद ढुङ्गाना १ हजार १४९, राकेश धमला १ हजार १४६, दिलमान पाख्रिन तामाङ १ हजार ६२, दीपक कोइराला ९९२, रामनाथ अधिकारी ९७५, ईश्वर अधिकारी ९३७, झंक नारायण श्रेष्ठ ८९६, विकास श्रेष्ठ ८९६ र सेतेमान तामाङ ७२३ मतसहित निर्वाचित भएका छन्।
श्रमिकतर्फ योगबहादुर तामाङ ७३५ र तिलक प्रसाद ढुङ्गाना ७२५ मतसहित निर्वाचित भएका छन्। अन्य खुला/जनजाति पदमा राजकुमार श्रेष्ठ ८५८ मतसहित निर्वाचित भएका छन्।
समानुपातिक खसआर्य खुलातर्फ राम प्रसाद अधिकारी ७१३ र देवी प्रसाद कोइराला ६८५ मतसहित निर्वाचित भएका छन्।
यससँगै नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
