
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन तथा प्रदेशसभा क्षेत्र नं. १(क) र १(ख) को प्रदेश अधिवेशन गजुरीमा सम्पन्न भएको छ ।
अधिवेशनले क्षेत्रीय सभापतिमा विनोदकुमार पाठकलाई चयन गरेको छ । यस्तै, प्रदेशसभा क्षेत्र नं. १(क) को अध्यक्षमा रामबहादुर आचार्य र १(ख) को अध्यक्षमा राजन सेढाई चयन भएका छन् ।
अधिवेशनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य सरस्वती तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा राप्रपा धादिङका जिल्ला अध्यक्ष धुर्वप्रसाद खनाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय अध्यक्ष अमर आर्य, आमन्त्रित केन्द्रीय सदस्य सहदेव भारती, बागमती प्रदेश कार्यसमिति सदस्य गणेश लामा लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनमार्फत क्षेत्र तथा प्रदेश तहको नयाँ नेतृत्व चयन भएसँगै राप्रपा धादिङले आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ ।
