धादिङ समाज फिनल्यान्डको संयोजकमा सुमन खकुराल नियुक्त

Avatar photo
Dhadingpost
अशोज ९, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ समाज फिनल्यान्डको संयोजकमा सुमन खकुराललाई नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यसमिति बैठकको निर्णयअनुसार खकुराललाई फिनल्यान्ड संयोजकमा मनोनयन गरिएको हो। समाजले आधिकारिक पत्र जारी गर्दै खकुरालको नियुक्तिबारे जानकारी गराएको छ ।

समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा फिनल्यान्डमा बसोबास गर्ने धादिङवासी नेपालीहरूबीच आपसी एकता, सहयोग र समन्वय कायम गर्दै संस्थाका उद्देश्य तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन नवनियुक्त संयोजकको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै शाखा तथा संयोजक नियुक्त गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधारण सभा आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा हुने भएको छ ।