
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले स्पेनमा शाखा विस्तार गर्दै नीलकण्ठ–७ का समाजसेवी राजीव पोखरेललाई स्पेन शाखा विस्तार संयोजकको जिम्मेवारी दिएको छ । केही समयदेखि स्पेनमा बस्दै आएका पोखरेललाई संस्थाले धादिङवासीलाई संगठित गर्ने उद्देश्यसहित उक्त जिम्मेवारी दिएको बताईएकाे छ ।
नयाँ जिम्मेवारी पाएसँगै पोखरेलले स्पेनमा रहेका धादिङवासीलाई संस्थासँग जोड्दै सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउने बताएका छन् । साथै, संस्थाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजले पोखरेललाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको शुभकामना दिँदै स्पेनमा रहेका सम्पूर्ण धादिङवासीलाई संस्थासँग जोडेर सामाजिक सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।
