
धादिङ । धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन भएका छन् । धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएका हुन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सिद्धलेकका दिलिप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गाना चयन भएका छन् । त्यस्तै सचिवमा नीलकण्ठका उत्तम भट्ट र कोषाध्यक्षमा सिद्धलेकका सोम श्रेष्ठ चयन भएका छन् ।
कार्यसमिति सदस्यमा सीता श्रेष्ठ, ठमबहादुर मगर, बुद्धिबहादुर थापा र आईतराम गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनका लागि आगामी दिनमा काम गर्ने बताइएको छ ।
