धादिङ नेपाली समाज अमेरिकाको बाढीपीडित सहयोग अभियान जारी, ७६ जना जोडिँदा १७ हजार ३२३ डलर संकलन

Avatar photo
Dhadingpost
भदौ १५, २०८३

धादिङ । धादिङ नेपाली समाज अमेरिकाले धादिङका बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको आपत्कालीन राहत कोष तथा सहयोग अभियान जारी रहेको छ ।

समाजका अध्यक्ष सागर अधिकारीका अनुसार अभियानमा हालसम्म अमेरिकामा रहेका ७६ जना सहयोगदाता जोडिएका छन् भने सहयोग गर्ने क्रम अझै जारी रहेको छ । हालसम्म ७६ जना सहयोगदाताबाट कुल १७ हजार ३२३ अमेरिकी डलर संकलन भएको समाजले जनाएको छ ।

गत अगस्ट २६, २०२६ मा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा सम्पन्न आकस्मिक जुम बैठकले धादिङमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले आपत्कालीन राहत कोष स्थापना गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

राहत कोषलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न समाजका वरिष्ठ उपाध्यक्ष राज गुरुङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

राहत कोष सञ्चालन समिति

  • संयोजक: राज गुरुङ — वरिष्ठ उपाध्यक्ष
  • सदस्य सचिव: हरि गिरी — महासचिव
  • सदस्य: एलान तामाङ — कोषाध्यक्ष

समाजले अमेरिकाका ५० वटै राज्यमा छरिएर रहेका सम्पूर्ण धादिङवासीलाई यस मानवीय अभियानमा जोडिन आह्वान गरेको छ । आफ्नो क्षमताअनुसार स्वेच्छिक आर्थिक सहयोग गरी विपत्तिमा परेका जिल्लावासीलाई सहयोग गर्न समाजले आग्रह गरेको हो ।

७६ सहयोगदाताबाट १७ हजार ३२३ डलर

समाजले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म निम्न सहयोगदाताबाट रकम प्राप्त भएको छ ।

क्र.सं.सहयोगदातारकम
Kumar Ghale$701
Raj Gurung$555
Sagar Adhikari$501
Ram Chandra Upreti$501
Ram Malla Thakuri$501
Elan Tamang$501
Kapil Khatiwada$501
Diwakar Pande$501
Dr. Narayan Dharel$501
१०Nabin Rijal$501
११Tek Man Tamang Galthen$501
१२Krishna Ghale$501
१३Badri Khatiwada$500
१४Shree Ram Khatiwada$500
१५Hari Giri$500
१६Raman Shrestha$500
१७Kabab and Curry Durham, NC Team$408
१८Raj Shrestha$305
१९Gyan Ghale$301
२०Bhakta Gurung$301
२१Basu Ghale$255
२२Ruby Ghishing$251
२३Sandip Dharel$250
२४Bibek Bajracharya$250
२५Pampha Gurung$205
२६Motiram Danai$202
२७Krishna Adhikari$202
२८Bikram Adhikari$201
२९Dinesh Naharki$201
३०Manchirring Tamang$201
३१Shambhu Bhatta$201
३२Rabin Bidari$201
३३Sudesna Adhikari$201
३४Armoon Bogati$201
३५Adhikari Raja$201
३६Tak Ruwali$201
३७Kumari Lama$201
३८Anil Baral$200
३९Amrit Aryal$200
४०Jack Tamang$155
४१Santosh Lamsal$151
४२Uttam Gurung$151
४३Sarad Thapa$151
४४Nabaraj Burlakoti$150
४५Dharmendra Milan$150
४६Ramesh Sharma$150
४७Uttam Dhamala$150
४८Hari Prasad Poudel$121
४९Bikash Kadel$125
५०Rajan Gauli$111
५१Hari Ram Burlakoti$111
५२Manny Bhatta$111
५३Shiva Etani$111
५४Deepak Shrestha Salyantar$107
५५Kamal Duwadi$101
५६Sunita Bagdas$101
५७Amir Tamang$101
५८Keshor Shrestha$101
५९Resham Nath Adhikari$101
६०Madav Adhikari$101
६१Ram Hari Adhikari$101
६२Shambhu Kadariya$101
६३Raj Kumar Pathak$100
६४Dev Raj Sadaula$100
६५Suman Magar$80
६६Bishal Thapa$72
६७Gam Gurung$71
६८Joseph K. Yankash$60
६९Eka Raj Shakya$55
७०Nischal Adhikari$55
७१Debendra Giri$55
७२Sarita Tamang (NCC Church)$55
७३Abiral Pandit$51
७४Chyangba Waiba$50
७५Beg Tamang$50
७६Nischal Subedi$50
जम्मा७६ जना$17,323

Zelle मार्फत सहयोग गर्न सकिने

राहत अभियानमा सहयोग गर्न चाहनेहरूले Zelle मार्फत रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।

Zelle: dhadingsamajamerica@gmail.com

उपलब्ध गराइएको QR Code Scan गरी आफ्नो बैंकको App मार्फत पनि Zelle बाट सहज रूपमा सहयोग रकम पठाउन सकिने समाजले जनाएको छ ।

समाजका अनुसार अभियानमार्फत प्राप्त हुने सम्पूर्ण सहयोग रकमको पारदर्शी रूपमा अभिलेख राखिनेछ । आवश्यक समन्वय गरी धादिङका बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित वास्तविक पीडित परिवारसम्म राहत तथा सहयोग पुर्‍याइने जनाइएको छ ।

धादिङमा बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति तथा विस्थापनको अवस्था सिर्जना भएपछि स्वदेश तथा विदेशमा रहेका धादिङवासी, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले राहत तथा सहयोग अभियान सञ्चालन गर्दै आएका छन्।

यसैक्रममा धादिङ नेपाली समाज अमेरिकाले पनि संस्थागत रूपमा आपत्कालीन राहत कोष स्थापना गरी सहयोग अभियान अघि बढाएको हो । समाजले अभियानमा सहभागी सम्पूर्ण सहयोगदाता तथा सहयोग गर्न इच्छुक धादिङवासीप्रति धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि आह्वान गरेको छ ।