धादिङ समाज जापानद्वारा बाढी–पहिरो पीडितका लागि १० लाख येन सहयोग

Avatar photo
Dhadingpost
भदौ १३, २०८३

टोकियो, जापान । बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको सहयोगार्थ धादिङ समाज जापानले ४८ घण्टे विशेष आर्थिक अभियान सञ्चालन गरी १० लाख ४३ हजार ९४८ जापानी येन (करिव नेपाली रु. ९ लाख ९४ हजार ८६६) संकलन गरेको छ ।

धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठका अनुसार अभियानमार्फत संकलित सम्पूर्ण रकम आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

स्वदेशमा बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले समाजले छोटो अवधिमा विशेष आर्थिक अभियान सञ्चालन गरेको हो। अभियानमा धादिङ समाज जापानसहित जापानमा रहेका विभिन्न व्यक्ति तथा सहयोगीहरूले व्यक्तिगत रूपमा आर्थिक योगदान गरेका छन् ।

समाजका अनुसार अभियानबाट कुल १० लाख ४३ हजार ९४८ जापानी येन संकलन भएको हो । संकलित रकम विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रयोग हुने अपेक्षा गरिएको छ ।

कसले कति सहयोग गरे ?

क्र.सं.सहयोगदातारकम (जापानी येन)
धादिङ समाज जापान¥५,००,०००
नबिन राना मगर¥१०,०००
बिमल श्रेष्ठ¥१०,०००
रबिन शर्मा¥५,५५५
बिजय सडौला¥१०,०००
राजकुमार बानिया¥१०,०००
सुसान्त बानिया¥१०,०००
राजकुमार अधिकारी¥१०,०००
सरोज गिरी¥१०,०००
१०अजय न्यौपाने¥१०,०००
११समुन्द्र सडौला¥१०,०००
१२दिपक विष्ट¥१०,०००
१३राम बहादुर बिष्ुन्के¥११,१११
१४माधव ढकाल¥१०,०००
१५ईश्वरि अर्याल¥१०,०००
१६श्याम शीतल¥१०,०००
१७लोकेन्द्र भन्डारी¥५,०००
१८प्रविन नेपाल¥१०,०००
१९दिनेश गडेल¥५,००५
२०प्रल्हाद अधिकारी¥१०,०००
२१बिनोद डंगोल¥१०,०००
२२देबिका पण्डित¥५,५००
२३कृष्ण सिम्खडा¥१,००,०००
२४कृष्ण खनाल¥१५,०००
२५रबिन्द्र बानिया¥१५,०००
२६निरज पण्डित¥५,०००
२७बद्रि पौडेल¥५,०००
२८राजन गौतम¥१०,०००
२९राजन बराईलि¥५,०००
३०दिनेश लोहनी¥२०,०००
३१प्रदिप जंग शाह¥१०,०००
३२हरिलाल श्रेष्ठ¥१०,०००
३३सन्तोष धिताल (ओसाका)¥५,०००
३४गणेश अधिकारी¥१०,०००
३५उपेन्द्र पण्डित¥५,०००
३६मंगल सुनार¥५,१११
३७रामहरि पुडाशैनी¥२५,०००
३८बाबु काजी भण्डारी¥१०,०००
३९सुनिल जमरकट्टेल¥५,०००
४०सन्तोष भुजेल¥११,१११
४१बिष्णु कुमार श्रेष्ठ¥५,०००
४२सिल सोभा रन्जित¥५,०००
४३राजेश पण्डित¥५,०००
४४सन्तोष तिवारी¥१०,०००
४५उत्तम ढकाल¥१०,०००
४६बिष्णु बहादुर श्रेष्ठ¥१०,०००
४७अनुप कंडेल¥५,०००
४८श्रेष्ठ कुल नारायण¥५,०००
४९राजकुमार गरुङ¥५,५५५
५०राजेन्द्र कार्की¥५,०००
५१दुर्गा प्रसाद आचार्य¥१५,०००
कुलजम्मा¥१०,४३,९४८

विपद्मा सहयोगका लागि धन्यवाद

धादिङ समाज जापानले विपद्को समयमा छोटो सूचनाका बाबजुद अभियानमा सहभागी भएर आर्थिक सहयोग गर्ने सम्पूर्ण सदस्य, सहयोगी तथा दाताहरूलाई धन्यवाद दिएको छ ।

समाजले विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने अभियानमा सहभागी सबैको योगदान महत्वपूर्ण रहेको जनाएको छ ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएपछि विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।