
धादिङ । धादिङबेसी सदरमुकाम नजिकै थोपल खोलामा आज दिउँसो एक जना युवक बगेर बेपत्ता भएको केही समयपछि फेला परेका छन् ।
प्रहरीका अनुसार रुविभ्याली गाउँपालिका–३ का १८ वर्षीय नरेश घले थोपल खोलाको कुडुलेमाथि रहेको ड्यामबाट आज दिउँसो करिब ३ बजेतिर डुवेर वेपत्ता भएका थिए ।
ड्यामबाट बगेपछि बेपत्ता भएका घलेलाई खोजी गर्ने क्रममा थोपल खोलाको पुछार बजारस्थित पुल नजिकबाट मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
