सेमजोङको किवी बजारमा ल्याउँदै मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स, किसान सन्त तामाङको १३ रोपनीमा व्यावसायिक खेती

Avatar photo
Dhadingpost
साउन २५, २०८३

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिलो किवी यस वर्ष पनि धादिङबेसी बजारमा आउने भएको छ। सेमजोङका युवा किसान सन्त तामाङले करिब १३ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा उत्पादन गरेको किवी बजारमा ल्याउने तयारी गरिएको हो।

फलफूल व्यवसायी पुरुषोत्तम घिमिरेले यस वर्ष सेमजोङमै पुगेर तामाङको किवी फार्मको अवलोकन गरेका छन्। घिमिरेले गत वर्ष पनि मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्समार्फत सेमजोङमा उत्पादित किवी बजारमा ल्याएका थिए।

फार्म अवलोकनका क्रममा यस वर्ष पनि किवी राम्रो फलेको पाइएको घिमिरेले बताए। उनका अनुसार हेल्वार्ड र गोल्डेन जातका किवी उत्पादन राम्रो देखिएको छ।

‘गत वर्ष पनि मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्समार्फत सेमजोङमा उत्पादन भएको स्वादिष्ट किवी बजारमा ल्याएको थिएँ। यस वर्ष पनि सन्त तामाङको फार्ममै पुगेर अवलोकन गर्दा किवी राम्रो फलेको पाएँ,’ घिमिरेले भने।

किवी उत्पादन राम्रो भएकाले बजारको चिन्ता नगर्न किसान तामाङलाई आग्रह गरेर आफू फर्किएको घिमिरेले बताए। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आफूले किसानको उत्पादन बजारीकरणमा सहयोग गर्दै आएको उनको भनाइ छ।

न्यूजिल्यान्डको अनुभवपछि गाउँ फर्किएर किवी खेती

सेमजोङका युवा किसान सन्त तामाङले वैदेशिक रोजगारीका क्रममा न्यूजिल्यान्डमा किवी फार्ममा काम गरेर अनुभव सँगालेका थिए। त्यहाँबाट फर्किएपछि उनले आफ्नै गाउँमा व्यावसायिक रूपमा किवी खेती सुरु गरेका हुन्।

हाल उनले करिब १३ रोपनी क्षेत्रफलमा किवी खेती गर्दै आएका छन्। विदेशमा सिकेको सीप, प्रविधि र अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्दै व्यावसायिक कृषि क्षेत्रमा लागेका तामाङले किवी खेतीबाट स्थानीयस्तरमै रोजगारी र आम्दानीको सम्भावना देखाएका छन्।

सेमजोङको किवी धादिङबेसीमा उपलब्ध हुने

मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सका सञ्चालक घिमिरेले सेमजोङको स्वादिष्ट किवी खान चाहने उपभोक्तालाई धादिङबेसीमा सम्पर्क गर्न आग्रह गरेका छन्।

किवी खरिद तथा उपलब्धताका लागि मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स, धादिङबेसीमा ९८५१०४३१५८ मा सम्पर्क गर्न सकिनेछ।

घिमिरेले बजार व्यवस्थापनमा समस्या भोगिरहेका अन्य फलफूल किसानलाई समेत आफ्नो उत्पादनको बजारीकरणका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

उनका अनुसार किसानले उत्पादनमा ध्यान दिन सके बजार व्यवस्थापनमा आफूले सकेको सहयोग गर्ने र स्थानीयस्तरमा उत्पादित फलफूललाई उपभोक्तासम्म पुर्‍याउने प्रयास जारी रहनेछ।