रिचेकिङपछि धादिङ बोर्डिङका दुई विद्यार्थीको एसईईमा ४.० जीपीए

Avatar photo
Dhadingpost
साउन ११, २०८३

धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को उत्तरपुस्तिका रिचेकिङ पछि धादिङ आवासीय माध्यमिक विद्यालय (धादिङ बोर्डिङ) का दुई विद्यार्थीले ४.० जीपीए हासिल गरेका छन् ।

रिचेकिङपछि विद्यालयका मेधावी विद्यार्थी मुस्कान तामाङपाविल श्रेष्ठले सार्वजनिक नतिजामा ४.० जीपीए प्राप्त गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले रिचेकिङपछिको नतिजा सार्वजनिक गरेसँगै उनीहरूको जीपीए ४.० कायम भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल ईश्वरीप्रसाद पाण्डेले प्रारम्भिक नतिजा सार्वजनिक भएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रियाप्रति विद्यालयलाई शंका लागेको र त्यसपछि रिचेकिङपछि लागि निवेदन दिइएको बताए ।

उनका अनुसार रिचेकिङपछि दुवै विद्यार्थीले ४.० जीपीए प्राप्त गरेसँगै विद्यालयको शंकासमेत पुष्टि भएको हो ।

प्रिन्सिपल पाण्डेले रिचेकिङपछिको नतिजाले धादिङ बोर्डिङ सेकेन्डरी स्कुल जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक भएको पहिचानलाई थप मजबुत बनाएको दाबी गरे ।

विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने दुवै विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना पनि व्यक्त गरेको छ ।