रास्वपा धादिङको सभापतिमा राजन अर्याल विजयी

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । ज्वालामुखीका उनी रास्वपा बागमती प्रदेश कमिटी सदस्य पनि हुन् ।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूयमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत प्राप्त गरेका छन् ।

सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मतविदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन् ।

यस्तै, सह–सचिव पदमा श्रीराम आचार्य १६० मत सहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत प्राप्त गरेका छन् ।