
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन यही जेष्ठ २३ गते धादिङबेसीमा सम्पन्न हुने भएको छ ।
जिल्लाका धुनीबेसी, थाक्रे, गल्छी, सिद्धलेक र नेत्रावती गाउँपालिकामा सर्वसम्मत कार्यसमिति गठन हुन नसकेपछि रास्वपाले मतदान प्रक्रियामार्फत पालिका कमिटी गठन गरेको थियो ।
त्यसैगरी खनियाबास र रुवी भ्याली गाउँपालिकाको पालिका अधिवेशन जिल्ला अधिवेशन अघि नै सम्पन्न हुने बताइएको छ ।
जिल्ला नेतृत्व चयनका लागि हुने प्रथम अधिवेशनमा आकांक्षी धेरै देखिएकाले मतदान प्रक्रियामा जान सक्ने सम्भावना रहेको बताइएको छ ।
