धादिङबाट कक्षा १२ को परीक्षामा ३,४०३ विद्यार्थी सहभागी (सूची सहित)

Avatar photo
Dhadingpost
बैशाख १४, २०८३

धादिङ । आजबाट सुरु भएको कक्षा १२ को अन्तिम परीक्षामा धादिङ जिल्लाबाट कुल ३ हजार ४०३ जना विद्यार्थी सहभागी भएका छन् ।

जिल्लामा यस वर्ष सबैभन्दा धेरै परीक्षार्थी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय बाट ७४२ जना सहभागी भएका छन् भने सबैभन्दा कम नलाङ मोडेल एकेडेमी बाट ६ जना मात्रै परीक्षामा सहभागी भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड का अनुसार कक्षा १२ को परीक्षा आजदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले परीक्षा सम्पन्न भएको करिब ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

यस वर्ष देशभरबाट करिब ४ लाख १८ हजार ८ जना परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने बोर्डले जानकारी दिएको छ ।