
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनीघाट रोराङ गाउँपालिका–४ को प्रथम वडा भेला सम्पन्न भएको छ। भेलाले दिनेश भुजेललाई सभापतिमा चयन गर्दै ११ सदस्यीय वडा समिति गठन गरेको छ ।
विकास चेपाङका अनुसार भेलाबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिले वडास्तरमा पार्टी संगठन विस्तार तथा जनसमस्यामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा बेनीघाट रोराङ गाउँपालिकाका सभापति विष्णहरि सिलवालले पुराना राजनीतिक दलतर्फ संकेत गर्दै जनता कसैको निजी सम्पत्ति नभएको उल्लेख गरे । उनले यो कुरा रास्वपालाई पनि समान रूपमा लागू हुने बताउँदै जनताको माग सम्बोधन गर्दै सुशासन कायम गर्न पार्टी प्रतिबद्ध रहेको धारणा राखे ।
सिलवालले पछिल्लो समय जनताको साथ र समर्थन बढ्दै गएको दाबी गर्दै रास्वपा जनताको भरोसाको पार्टीका रूपमा स्थापित हुँदै गएको बताए ।
