धादिङका तीन विद्यालय सूचना प्रविधि शिक्षक अनुदानका लागि छनोट

Avatar photo
Dhadingpost
चैत्र २८, २०८२

धादिङ । बागमती प्रदेश सरकारले स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्ने माध्यमिक विद्यालय सूचना प्रविधि (आईटी) शिक्षक सहयोग अनुदान कार्यक्रमका लागि प्रदेशभरबाट १० विद्यालय छनोट गरेकोमा धादिङका ३ विद्यालय परेका छन् ।

छनोटमा परेका विद्यालयहरूमा सिद्धलेक गाउँपालिकाको अमर आदर्श माध्यमिक विद्यालय, गंगाजमुना गाउँपालिकाको मण्डली माध्यमिक विद्यालय र गजुरी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालय रहेका छन् ।

यस कार्यक्रमअन्तर्गत विद्यालयहरूमा सूचना प्रविधि शिक्षकको व्यवस्थापन तथा डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाइएको छ ।

धादिङबाट तीन विद्यालय छनोट हुनुलाई जिल्लाको शैक्षिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ ।