नीलकण्ठ बालमन्दिर माविबाट कक्षा ८ मा ६ जनाको ४ जिपिए

Avatar photo
Dhadingpost
चैत्र २७, २०८२

धादिङ । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका ६ जना विद्यार्थीले कक्षा ८ को पालिका स्तरीय परीक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् ।

जिल्लाका प्रमुख निजी विद्यालयहरूको बीचमा रहेको उक्त विद्यालयको उत्कृष्ट नतिजाले अहिले चर्चा पाउन थालेको छ ।

नीलकण्ठ नगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष कुल १० जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन्, जसमध्ये ६ जना नीलकण्ठ बालमन्दिर माविका रहेका छन् ।

विद्यालयबाट पालिका स्तरीय कक्षा ८ को परीक्षामा २६४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये आदर्श अधिकारी, आर्सन रिजाल, जिया अधिकारी, मनोज थापा, सम्राट श्रेष्ठ र सौरभ सिम्खडाले ४ जिपिए ल्याएको प्रधानाध्यापक विष्णु प्रसाद रिजालले जानकारी दिएका छन् ।

विद्यालयको समग्र नतिजा पनि उल्लेखनीय देखिएको छ । कुल २६४ सहभागीमध्ये २४७ जना विद्यार्थी (९३.५६ प्रतिशत) ग्रेडेड भएका छन् । साथै ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीको संख्या ४८ रहेको विद्यालयले जनाएको छ ।

यसैगरी, नीलकण्ठ नगरपालिकाभरि कक्षा ८ को परीक्षामा १,१९४ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १,१०१ जना (ग्रेडेड/उत्तीर्ण) भएका छन् भने ९३ जना नन-ग्रेडेड भएका छन् ।

यस वर्षको नतिजाले विद्यालयको शैक्षिक गुणस्तर थप मजबुत हुँदै गएको संकेत गरेको छ ।