घरदैलोमा सक्रिय एमाले उम्मेदवार धनबहादुर घले, मतदातासँग सुझाव संकलन

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय भएका छन्। यसैक्रममा धादिङ क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले विभिन्न गाउँबस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका छन्।

घरदैलो अभियानका क्रममा साविक खाल्टे गाविस क्षेत्रमा पुग्नुभएका घलेलाई स्थानीय मतदाताले स्वागत गर्दै नागरिकका समस्या समाधानमा अडिग रहन आग्रह गरेका थिए। सो अवसरमा घलेले पूर्व गाविस उपाध्यक्ष रामबहादुर गुरुङको शालिकमा माल्यार्पण गर्दै अग्रज नेताहरूले देखाएको समृद्धि र परिवर्तनको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणका काममा कुनै सम्झौता नगर्ने र जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने बताउनुभयो।

खाल्टेको डाँडागाउँ, धुसेनी, पतेनी, पात्ले लगायतका स्थानमा मतदातासँग भेटघाट गर्दै घलेले स्वास्थ्य, खानेपानी र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाउनुभयो। उहाँले समग्र क्षेत्रको विकासका लागि नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभएको थियो।

x