धादिङका नवराज केसी न्यूयोर्कस्थित ‘हामी नेपाली इन्टरनेशनल’को अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ । धादिङका नवराज केसी अमेरिकाको न्यूयोर्क मा स्थापित ‘हामी नेपाली इन्टरनेशनल’ संस्थाको अध्यक्षमा चयन भएका छन् । विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्था गैरनाफामुखी स्वरूपमा सञ्चालनमा आएको हो ।

‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारासहित सञ्चालनमा आएको संस्थाले प्रवासमा रहेका नेपालीहरूबीच सहकार्य, आपसी सहयोग र समन्वय बढाउने लक्ष्य लिएको जनाएको छ ।

संस्थाको प्रेसिडेन्ट इलेक्टमा मोहन वाईवा तथा महासचिवमा सूर्य सिंमखडा चयन भएका छन् । उपाध्यक्षहरूमा इन्दिरा त्रिपाठी, बसन्ती राई, जनक भण्डारी र बृहस्पती लामा रहेका छन् भने कोषाध्यक्षमा डा. राम खडका चयन भएका छन् ।

संस्थाका अध्यक्ष केसीले प्रवासमा रहेका नेपालीलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित संस्था स्थापना गरिएको बताउँदै आगामी दिनमा विभिन्न देशमा शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन् ।

x