
धादिङ । बागमती प्रदेश समन्वय परिषद् कतारको चौथो अधिवेशनबाट अध्यक्षमा धादिङ बेनीघाट रोराङ गाउँपालिका–५, बेनीघाट बजार स्थायी घर भई हाल कतारमा बसोबास गर्दै आएका कविन्द्र कँडेल चयन भएका छन्।
हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिमा विभिन्न पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
नयाँ कार्यसमितिको अध्यक्षमा कविन्द्र कँडेल चयन हुँदा उपाध्यक्षहरूमा रामहरी चौलागाईं, गणेश तवाडी, रमेश केसी र ममता राणाभाट चयन भएका छन्। त्यसैगरी महासचिवमा गङ्गा सुनुवार, उपमहासचिवमा दिनेश अधिकारी र सचिवमा रमेश इटानी चयन भएका छन्।
कोषाध्यक्षमा सन्तोष घिमिरे र सहकोषाध्यक्षमा रामप्रसाद वाग्ले चयन भएका छन् भने प्रवक्तामा बिमल सुवेदी चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा अविरल बिक, राजु बोले, गणेश अर्याल, इन्दिरा परियार, शिवानी घले, सरोज पन्त, मेघ लोथन, बीरबल तामाङ र कर्ण घिसिङ चयन भएका छन्।
नवगठित कार्यसमितिमा धादिङबाट अध्यक्ष कविन्द्र कँडेलसहित सचिव रमेश इटानी तथा सदस्यहरू गणेश अर्याल, शिवानी घले र इन्दिरा परियार चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष कँडेलले कतारमा रहेका बागमती प्रदेशवासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



