विवेकद्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण

Avatar photo
Dhadingpost
माघ २९, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’द्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण गरिएको छ।

बुधबार आयोजित विशेष समारोहका बीच वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले उक्त कविता संग्रहको औपचारिक लोकार्पण गरेका हुन्। अध्यक्ष थपलियाको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जिल्लाभरका शिक्षकहरूको सहभागितामा जिल्लास्तरीय कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो।

समारोहमा प्रमुख अतिथि लम्सालले साहित्यप्रति विवेकको लगाव, सामाजिक सेवामा उहाँको योगदान र सिर्जनशील व्यक्तित्वको चर्चा गर्दै उहाँको कृति भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

साहित्य र स्थानीय तहको विकासलाई जोड्दै अघि बढेका विवेकको स्मृतिमा आयोजित उक्त कार्यक्रमले बेनीघाट रोराङमा साहित्यिक चेतनालाई अझ मजबुत बनाएको यस्तै कार्यक्रममा साहित्यकार डा. नविनबन्धु पहाडीले बताएका छन्।