
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको जिल्लास्तरीय खुला शिक्षक कविता प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। पहिलो चरणको मूल्याङ्कनबाट ३० जना शिक्षक कवि दोस्रो चरणका लागि छनोट भएका छन्।
गाउँपालिकाले वैशाख १२ गते कविता आह्वान गरेको थियो भने वैशाख २३ गतेसम्म प्राप्त रचनाहरूको मूल्याङ्कनपछि निर्णायक मण्डलले उत्कृष्ट ३० कवि छनोट गरेको हो।
अब छनोटमा परेका कविहरूबीच वैशाख २८ गते बिहान १०:३० बजे
चन्द्रोदय माध्यमिक विद्यालय, विशालटार मा कविता वाचन प्रतियोगिता आयोजना हुनेछ।
आकर्षक नगद पुरस्कार
गाउँपालिकाका अनुसार प्रतियोगितामा
प्रथम हुने कविलाई २० हजार रुपैयाँ,
दोस्रो हुनेलाई १५ हजार रुपैयाँ,
तेस्रो हुनेलाई १० हजार रुपैयाँ
र सान्त्वना पुरस्कार प्राप्त गर्ने कविलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
गाउँपालिकाले सबै सहभागी कविहरूलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगावै आफ्नो कविता लिएर उपस्थित हुन आग्रह गरेको छ।
छनोट भएका कविहरूमा
- नवराज पौडेल
- डम्बरराज पन्त
- गणेश तामाङ
- दिग्गज धौराली
- सुमन खनाल
- सरिता सुवेदी
- सुमित्रा खतिवडा
- रुपा पाण्डे
- राजेन्द्र राना मगर
- खिलप्रसाद रिजाल (बाबुराम)
- ज्ञानीमाया तामाङ
- सुनिता चेपाङ
- पुरुषोत्तम त्रिपाठी
- रामकुमार रिमाल
- महाजन श्रेष्ठ (महान त्यागी)
- हिरालाला श्रेष्ठ
- पार्वती भट्ट
- राजेन्द्र पाण्डे
- बर्षा दनै
- अजिता दाहाल (क्रान्ति)
- दीर्घबहादुर थापा
- शिवहरि खनाल
- अनिता अधिकारी
- ध्रुवप्रसाद ढकाल
- मन्दिरा सेढाई
- अस्मिता ढुंगाना
- सरस्वती पाण्डे (सरस)
- रोजिना ढकाल
- रञ्जिता रेग्मी
- कृष्ण तामाङ ‘ढाकाटोपी’
३० जना शिक्षक–कवि रहेका छन्।
