
धादिङ । प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा निर्वाचन लक्षित मिडिया डेक्स स्थापना गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा मिडिया डेक्स स्थापना गर्ने अभियान अन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा उक्त मिडिया डेक्स सञ्चालनमा ल्याइएको हो ।
‘CPN Media Center’ नाम दिइएको सो मिडिया डेक्सको औपचारिक उद्घाटन आज दिउँसो एक विशेष कार्यक्रमका बीच हुने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारीलगायत पार्टीका नेताहरू तथा प्रेस सेन्टरका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
मिडिया डेक्समार्फत नेकपाबाट चुनावी मैदानमा रहेका उम्मेदवारहरूको एजेन्डा, गतिविधि तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा प्रचार–प्रसार गरिने छ । साथै स्थानीय जनताका समस्या, गुनासा र सुझाव संकलन गरी सम्बन्धित उम्मेदवार तथा नेतृत्वसम्म पुर्याउने काम पनि मिडिया डेक्समार्फत गरिने प्रेस सेन्टर धादिङले जनाएको छ ।
प्रेस सेन्टर धादिङले मिडिया डेक्सलाई चुनावी अवधिभर सूचना प्रवाह, जनसम्पर्क र जनताको आवाजलाई उजागर गर्ने प्रमुख केन्द्रका रूपमा प्रयोग गरिने बताएको छ ।
