
धादिङ । २०७९ को प्रतिनिधि सभा चुनावमा रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर धादिङ–२ बाट प्रत्यक्ष चुनाव लडेकी बसुमाया तामाङ यो पटक समानुपातिकको बन्द सूचीमा परेकी छिन् ।
रास्वपाबाट निर्वाचन आयोगमा पेश भएको ११० जनाको समानुपातिक बन्द सूचीमा बसुमाया तामाङ पनि स्थान पाएकी छन् ।
बसुमाया तामाङ देशकै प्रतिष्ठित अचार व्यवसायी समेत हुन् । उनले सयौं महिलालाई आत्मनिर्भर बनाएकी छन् र उनको उत्पादन गरिएको अचार विश्वका धेरै देशमा निर्यात हुन्छ । उनको कामले ग्रामीण महिला तथा पुरुषलाई आर्थिक सशक्त बनाउने प्रेरणा दिएको छ ।
चुनाव जितेमा बसुमाया तामाङले गरिब महिलालाई आत्मनिर्भर बनाउने नीति विशेष रूपमा लागू गर्ने अठोट लिएकी छिन् ।

