एमालेले धादिङमा भूमी त्रिपाठी र धनबहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय

Avatar photo
Dhadingpost
माघ ४, २०८२

धादिङ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङमा भूमी त्रिपाठी र धनबहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेले भूमी त्रिपाठीलाई धादिङ क्षेत्र नम्बर–१ र धनबहादुर घलेलाई क्षेत्र नम्बर–२ बाट उम्मेदवार उठाउने निर्णय गरेको हो।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि त्रिपाठी धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३५,९३४ मत प्राप्त गरी विजयी हुँदा त्रिपाठीले २७,९५३ मत ल्याएका थिए।

यस्तै २०७९ कै निर्वाचनमा एमालेले धनबहादुर घलेलाई धादिङ क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेश सभा सदस्य (प्रदेश (ख)) मा उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर राप्रपासँग गठबन्धन भएपछि अन्तिम समयमा उनको उम्मेदवारी फिर्ता लिइएको थियो। उम्मेदवारी खोसिएपछि घलेले एमाले परित्यागको घोषणा गरेका थिए भने केही समयपछि पुनः एमालेमै फर्किएका थिए।

x