
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रुपमा बिक्री–वितरणका लागि राखिएको Crystal Quartz सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८१ साल पौष १६ गते धादिङबेसीमा अवैध रुपमा क्रिस्टल क्वार्ट्ज जस्तो देखिने पदार्थको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
बरामद गरिएको Crystal Quartz जस्तो देखिने ढुंगा बोकेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पक्राउ पर्नेमा
१. रुवीभ्याली गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षिय सञ्जय तामाङ,
२. रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ६६ का मेम्बा तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न झोलामा प्याक गरिएको ठूलो परिमाणको Crystal Quartz जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद सामग्री आवश्यक अनुसन्धान तथा परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
