
धादिङ – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट तीन जनाको नाम समावेश भएको छ।
बन्द सूचीअनुसार, कांग्रेसको धादिङबाट शान्ता कुमारी तामाङ, सीता थपलिया (उर्मिला) र सेतेमान तामाङ समानुपातिक सूचीमा परेका छन्।
यसअघि, कांग्रेस धादिङले समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेका उम्मेदवारहरूको विवरण यस प्रकार छ:
निर्वाचन क्षेत्र नम्बर–१ (समानुपातिकतर्फ सिफारिस)
- उर्मिला थपलिया
- कविता इटनी
- भक्तकृष्ण सापकोटा
- ज्ञानेन्द्र सिलवाल
निर्वाचन क्षेत्र नम्बर–२ (समानुपातिकतर्फ सिफारिस)
- दिलमान पाख्रिन
- चीजकुमार श्रेष्ठ
- अर्जुनबहादुर थापा
- सेतेमान तामाङ
- बालकृष्ण नेपाली
- शान्ताकुमारी तामाङ
- भगवती उप्रेती
- रीता थापा मगर
