
धादिङ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ले १६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
क्षेत्रीय समितिको बैठकले ३३ जना आकांक्षीमध्येबाट १६ जनाको नाम छनोट गरी जिल्ला कमिटीमा पठाएको हो। उक्त बैठक शालिकराम जम्कट्टेलको अध्यक्षता तथा राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सिफारिस भएका आकांक्षीमध्ये प्रत्यक्षतर्फ
राजेन्द्रप्रसाद पाण्डे (पूर्व एस),
गंगालाल तुलाधर (पूर्व एस),
सुवास खतिवडा (पूर्व एस),
कुमारप्रसाद पाण्डे (पूर्व एस),
दिपक लामिछाने (पूर्व माके) र
पित्तबहादुर डल्लाकोटी (पूर्व माके) रहेका छन्।
त्यसैगरी समानुपातिकतर्फ
सीता ढुङ्गाना,
संगिता कडेल,
उर्मिला सुवेदी,
गौगात्री चौलागाईं,
गंगालाल तुलाधर,
सूर्य तामाङ,
खेम भुजेल,
बुद्ध गुरुङ,
हिराबहादुर थापामगर,
रामशरण सेन्चुरी
भरत बराकाेटी (अपांगता तर्फबाट)
काे नाम सिफारिस गरिएकाे छ।
नेकपा धादिङ–१ का नेता दिपक लामिछाने (सुबोध)का अनुसार भोलि क्षेत्र नम्बर २ को अर्को बैठकबाट पनि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिनेछ। त्यसपछि जिल्ला कमिटीले प्रदेशमा र प्रदेशले केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।
उम्मेदवार सिफारिस प्रक्रिया जारी रहँदा नेकपाभित्र आन्तरिक छलफल र संगठन सुदृढीकरणमा समेत जोड दिइएको बताइएको छ।
