रुवी भ्यालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पाँच स्वर्णसहित अनुशासित अवार्ड जिते

Avatar photo
Dhadingpost
पुस ७, २०८२

काठमाडौं। काठमाडौंमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन्।

पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा रुवी भ्यालीका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै गाउँपालिकाको गौरव बढाएका छन्।

प्रतियोगितामा स्वर्ण पदक विजेताहरू:
प्रसान्त तामाङ, खुशी तामाङ, सुस्मा रानी घले र विशाल घले
रजत पदक विजेताहरू:
कृष्ण माया तामाङ, जोशीला तामाङ, रोहन तामाङ र दनेश तामाङ
कास्य पदक विजेताहरू:
अनुस्का तामाङ, मानभ तामाङ, रन्जना तामाङ र सोहन तामाङ

प्रतियोगिताको आयोजकले रुवी भ्यालीका खेलाडीहरूको अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनको कदर गर्दै अनुशासित अवार्ड प्रदान गरेको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने,

“सीमित स्रोतसाधनका बाबजुद पनि रुवी भ्यालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उजागर गरिरहेका छन्। यो हाम्रो लागि गर्वको विषय हो। खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर साथ र सहयोगमा रहनेछ।”

कराँते प्रशिक्षकद्वय ओम बहादुर तामाङ, सन्देश घले र रोशन घलेका अनुसार,

“खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गरे। त्यसकै परिणामस्वरूप पाँचवटा स्वर्ण पदकसहित अनुशासित अवार्ड प्राप्त गर्न सफल भएको हो।”

प्रतियोगितामा प्राप्त यो सफलता रुवी भ्यालीमा खेलकुदप्रति उत्साह बढाउनेस्थानीय तहबाट खेलाडी उत्पादन तथा प्रोत्साहनमा बल थप्ने आशा गरिएको छ।