रास्वपा धादिङले काठमाडौंमा रहेका कार्यकर्ता–शुभचिन्तकलाई मंसिर २० मा स्वयम्भु बोलायो

Avatar photo
Dhadingpost
मंसिर १३, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले काठमाडौंमा बसोबास गर्ने कार्यकर्ता तथा शुभचिन्तकलाई मंसिर २० गते स्वयम्भुस्थित स्टार बैंक्वेटमा उपस्थित हुन आग्रह गरेको छ।

रास्वपा धादिङ–काठमाडौँ सम्पर्क विभागको आयोजनामा सो दिन छलफल, अन्तरक्रिया तथा बृहत् पार्टी प्रवेश कार्यक्रम हुने भएकाले सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

कार्यक्रममा धादिङका नेतृत्व, काठमाडौंमा सक्रिय संरचना तथा नयाँ प्रवेशकर्ताहरूको उपस्थिति रहने रास्वपा धादिङले जानकारी दिएको छ।