
धादिङ । एडभान्स एकेडेमीले कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूको वार्षिक स्थलगत भ्रमण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। हरेक वर्ष विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वातावरणबाट प्रत्यक्ष ज्ञान दिलाउने उद्देश्यले विद्यालयले यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
कक्षाअनुसार स्थल भ्रमण
🔸 कक्षा १ का बालबालिकालाई नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर अवलोकन गराइयो।
🔸 कक्षा २ का विद्यार्थीले नीलकण्ठ नगरपालिका–८ को कृष्ण मन्दिर र मनकामना मन्दिर भ्रमण गरी धार्मिक तथा ऐतिहासिक महत्त्वबारे जानकारी पाए।
🔸 कक्षा ३ का विद्यार्थीले नीलकण्ठ नगरपालिका–१२ रहेको नीलकण्ठ पार्कमा प्रकृति, संस्कृति र नगरको सौन्दर्यबारे प्रत्यक्ष अध्ययन गरे।
🔸 कक्षा ४ को टोलीलाई नीलकण्ठ नगरपालिका–८ को ऐतिहासिक रामकोट दरबार क्षेत्र अवलोकन गराइयो।
🔸 कक्षा ५ का विद्यार्थीलाई सिद्धलेक गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरको धार्मिक पृष्ठभूमिबारे अभ्यास गराइयो।
🔸 कक्षा ६ का विद्यार्थीले नीलकण्ठ नगरपालिका–४ मा अवस्थित करिब ८६० वर्ष पुरानो पौवा घरको ऐतिहासिक अध्ययन गरेका छन्।
स्थलगत अध्ययनको उद्देश्यबारे जानकारी दिंदै प्रधाना अध्यापक भीम बहादुर श्रेष्ठले भने—
“हामी हरेक वर्ष विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालेर स्थानीय संस्कृति, इतिहास, धार्मिक तथा प्राकृतिक सम्पदा बुझ्न अवसर दिन्छौं। स्थलगत भ्रमणले विद्यार्थीले कक्षामा सिकेको ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न मद्दत गर्छ।”
विद्यालयका अनुसार यस्तो अवलोकन भ्रमणबाट विद्यार्थीले इतिहास, भूगोल, संस्कृति, वातावरण तथा सामाजिक चेतना सम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गर्छन्।
