पाठेघरको क्यान्सर र दुबै मृगौला फेल– धादिङकी लिला माया तामाङ उपचारका लागि आर्थिक सहयोगको अपिल

Avatar photo
Dhadingpost
मंसिर ८, २०८२

धादिङ। रुवीभ्याली गाउँपालिका–०४ की लिला माया तामाङ हाल नीलकण्ठ–०४, रैटरमा बस्दै आउनुभएको छ। उहाँलाई पाठेघरको क्यान्सर भएको र क्यान्सरको प्रभावले दुईवटै मिर्गौला (किड्नी) गम्भीररूपमा क्षतिग्रस्त भएकाले अहिले उपचार अत्यन्तै जटिल र खर्चिलो बनेको परिवारले बताएको छ।

अहिले उहाँलाई किमोथेरापी, सर्जरी, रेडियोथेरापीदेखि नियमित औषधोपचारसम्मका लागि ठूलो रकम आवश्यक परेको छ। तर सामान्य आयस्रोत भएको परिवारले उपचार खर्च बेहोरिन नसक्दा कठिन परिस्थिति सिर्जना भएको छ।

परिवारका सदस्यहरूले असहज मनस्थितिमा सबैलाई अपिल गरेका छन्—
“हामीले सकेका सबै प्रयास गरिरहेका छौँ। तर उपचारको खर्च निकै ठूलो छ। समाजका दयालु हातहरू जोडिए मात्रै जीवन बचाउन सकिन्छ।”

लिला मायाको उपचार निरन्तरता दिनका लागि सहयोग रकम अत्यावश्यक भएकोले सानो सहयोग पनि ठूलो सहारा बन्ने भन्दै सबै समुदाय, शुभचिन्तक, संस्था र व्यक्तिहरूमा हार्दिक आग्रह गरिएको छ।

अहिले जीवन–मरणको संघर्ष गरिरहेकी लिला माया तामाङलाई समयमै उपचार गराउन तपाईंको एक सहयोगले पनि ठूलो आशा जगाउने परिवारले विश्वास व्यक्त गरेको छ।

(फोटो : Ram Singh Lama Tamang)