मंगलादेविका विद्यार्थीलाई नागार्जुन लर्निङ सेन्टरद्वारा न्यानो कपडा वितरण

Avatar photo
Dhadingpost
मंसिर ३, २०८२

धादिङ । नागार्जुन लर्निङ सेन्टरले नेत्रावती डवजोङ गाउँपालिका स्थित मंगलादेवी माध्यमिक विद्यालयका सम्पूर्ण बालबालिकाका लागि न्यानो कपडा (स्वेटर) वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नागार्जुन लर्निङ सेन्टरकी बिमला सिम्खडा र अध्यक्ष सृजन सिम्खडाको उपस्थिती रहेको थियो।

मंगलादेवी विद्यालयका करिब २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो। आयोजकहरूले बताए अनुसार यसले विद्यार्थीहरूको शिक्षामा उत्साह, उर्जाशक्ति र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।