
धादिङ – धादिङस्थित न्यू किबो बोर्डिङ स्कुलले आज भव्य समारोहका बीच किबो स्पोर्टस् मिट–२०८२ उद्घाटन गरेको छ।
विद्यालयका प्रिन्सिपल एवम् एन–प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको सभापतित्व भएकाे उक्त समाराेहमा जिल्ला खेलकुद विकास समिति, धादिङका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रमुख अतिथि तामाङले भने, “खेलकुदको विकासको पहिलो आधार विद्यालय हो। प्रत्येक विद्यालयले खेलकुदलाई प्राथमिकता दिनुपर्छ।”
प्रिन्सिपल रेग्मीले विद्यार्थीहरूमा खेलप्रति रुचि र अनुशासन अभिवृद्धि गर्न, तन्दुरुस्त जीवनशैली विकास गर्न र राष्ट्रिय एकताको भावना जगाउन विद्यालयले प्रत्येक वर्षजस्तै यस वर्ष पनि किबो स्पोर्टस् मिट–२०८२ आयोजना गरेको बताए।
स्पोर्टस् मिट २५ देखि २९ कार्तिकसम्म सञ्चालन हुने छ र कक्षा पी.जी.देखि कक्षा ९ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउनेछन्।
