पोर्चुगलमा निधन भएका प्रेमचन्द्र भण्डारीको अन्त्येष्टि सम्पन्न

Avatar photo
Dhadingpost
कार्तिक १४, २०८२

पोर्चुगल । नेकपा पोर्चुगलको कार्यसमिति सचिवालय सदस्य, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका प्रेमचन्द्र भण्डारीको शवको अन्त्येष्टि पोर्चुगलमा सम्पन्न गरिएको छ।

कार्यक्रम अत्यन्तै सामान्य र शालीन औपचारिकताका साथ सम्पन्न गरिएको थियो। अन्त्येष्टि कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी शान्ता थापाले महाप्रस्थानका बेला तीनपटक ‘ॐकार’ उच्चारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो। साथै स्वर्गीय भण्डारीको सामाजिक सेवाको मुक्तकण्ठाले प्रशंसा गर्दै श्रद्धाञ्जलीका अवसरमा एक मिनेट मौन धारण समेत गरियाे।

अन्त्येष्टि कार्यक्रममान नेकपा माओवादी केन्द्र अन्तर महादेशीय प्रादेशिक संगठनका सदस्य रामचन्द्र मरहट्टा, युरोप महासमितिका सदस्य नवराज शर्मा, जनसम्पर्क समितिका सभापति युवराज पन्थी नेपाली जनप्रतिनिधिशील मञ्च पोर्चुगलका निवर्तमान वरिष्ठ उपाध्यक्ष रेशम बस्नेत, पूर्व अध्यक्षहरू, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष राजाराम लामिछाने, नेपाली प्रवासी मञ्चका अध्यक्ष दीपक खत्री, एनआरएनए आइसिसी डिआरसी माधव पोखरेल, एनआरएनए आइसिसी सदस्य सरिता शर्मा, पूर्व आइसिसी सदस्य राजकुमार थापा, अध्यक्ष दीपा काफ्ले, उपाध्यक्षहरू प्रेम बुढापृथी, नृपेश गिरी, पेमा डोमा शेर्पा, प्रवक्ता तथा उपाध्यक्ष गनी गुरुङ, लेखा समिति संयोजक सुरेश गिरी, सचिव सुभाष पौडेल, झापाली समाजका अध्यक्ष सुमन शर्मा चौलागाईं, नवलपुर समाजका अध्यक्ष, चितवन समाजका अध्यक्ष तथा अन्य विभिन्न जिल्लाका समाज अध्यक्षहरू, प्रतिनिधिहरू, पोर्चुगल आप्रवासन सहजकर्ता तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको आयोजना तथा सहजीकरण दीपा काफ्लेको नेतृत्वमा रहेकाे गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले गरेको थियाे ।

भण्डारीको निधनले पोर्चुगलस्थित नेपाली समुदायमा ठूलो शोक छाएको छ। उनी लामो समयदेखि प्रवासी नेपाली राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। शवमा हँसियाहथौडा अंङ्कित झण्डा ओढाएर अन्त्येष्टि गरिएकाे थियाे ।