
धादिङ । जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि स्थानीय तहलाई भदौ १२ गतेसम्म सहभागीको नाम पठाउन समयसीमा तोकेको छ।
प्रतियोगितामा ३० वर्षमुनि उमेर समूहका विद्यार्थीहरूले भाग लिन पाउने छन् । सहभागी हुनका लागि पालिकाबाट चयन भएर आएको हुनुपर्नेछ ।
विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ:
- प्रथम: रु.५०,०००।–
- द्वितीय: रु.३०,०००।–
- तृतीय: रु.२०,०००।–
- चौथो: रु.१०,०००।–
- पाँचौं: रु.५,०००।–
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल का अनुसार, विद्यालय र विद्यार्थीको अनुपात अनुसार प्रत्येक पालिकालाई सहभागिको संख्या निर्धारण गरी जानकारी गराइएको छ । त्यसअनुसार पालिकाले भदौ १२ भित्र सहभागीको नाम पठाउनु पर्नेछ ।
समाजका प्रवक्ता सुदीप भुषण अर्याल का अनुसार प्रतियोगितामा २६ जना छात्र-छात्रा सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागि हुने पालिकाहरू र सहभागि संख्या यस प्रकार छ:
- गल्छी: २
- थाँक्रे: २
- धुनेबेशी: ३
- गजुरी: ३
- सिद्धलेक: २
- त्रिपुरासुन्दरी: ३
- ज्वालामुखी: २
- नीलकण्ठ: ४
- रुबीभ्याली: १
- खनियाबास: १
- गंगाजमुना: १
- नेत्रावती डबजोङ: १
- बेनिघाट रोराङ: १



