जिल्लास्तरीय कथा वाचनमा एड्भान्स एकेडेमी प्रथम

Avatar photo
Dhadingpost
साउन ३०, २०८२

धादिङ । पाब्सन धादिङको आयोजनामा रोजमेरी चाइल्डकेयर इङ्ग्लिश बोर्डिङ स्कुलमा सम्पन्न कक्षा १ देखि ५ सम्मको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ।

सोही प्रतियोगितामा दोस्रो स्थान रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुल, तेस्रो स्थान आदर्शिला पाठशाला र सान्त्वना स्थान चिल्ड्रेनपार्क सेकेन्डरी स्कुलले हासिल गरेका छन्।

प्रतियोगिता दुई विधामा सम्पन्न भएको थियो।
बालक समूहमा एडभान्स एकेडेमी प्रथम, चिल्ड्रेन पार्क सेकेन्डरी बोर्डिङ स्कुल दोस्रो, आदर्शिला पाठशाला तेस्रो र रोजमेरी चाइल्डकेयर सान्त्वना स्थानमा रहे ।

बालिका समूहमा रोजमेरी चाइल्डकेयर प्रथम, एडभान्स एकेडेमी दोस्रो, सल्यानटार बालविकास विद्यालय तेस्रो र आदर्शिला पाठशाला सान्त्वना स्थानमा रहे।

दुवै समूहको संयुक्त नतिजामा एड्भान्स एकेडेमी प्रतियोगिताको च्याम्पियन बनेको हो।

कार्यक्रमका प्रमुख अतिथि पाब्सन केन्द्रीय सदस्य रमेश कुमार श्रेष्ठ र पाब्सन धादिङका अध्यक्ष दिनेश भट्टले विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरेका थिए।

कार्यक्रम सञ्चालन पाब्सन धादिङका ईसीए इञ्चार्ज तथा कोषाध्यक्ष सञ्जीव गजुरेलले गर्नुभएको थियो।